images
images

वंशलाल तामाङको प्रतिज्ञा : विकास, रोजगारी र सुशासनको ठोस प्रतिबद्धता

सिन्धपाल्चोक ।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार वंशलाल तामाङले आफ्नो प्रतिज्ञापत्र सार्वजिक गरेका छन् ।

सार्वजनिक १० बुँदे प्रतिज्ञापत्रमा समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
images

दीर्घकालीन पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, जलवायु परिवर्तन न्यूनीकरण, विपद् व्यवस्थापन र सामाजिक समावेशीतालाई जोड दिइएको छ।

साथै, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा पिछडिएका समुदायलाई समान अवसर सुनिश्चित गर्ने नीति अघि सारिएको छ।

तामाङले भ्रष्टाचारमुक्त, डिजिटल र पारदर्शी सार्वजनिक सेवा प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाउँदै युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलता र व्यवसायिक कृषि विकासमा जोड दिने बताएका छन्।

उनले विकासलाई प्राथमिकता, युवालाई अवसर र जनतालाई सुशासन भन्ने नारासहित मतदातालाई रूख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्