images
images

शेरबहादुर असफल, युवराजले म्यान्डेट लत्याएको : कङ्ग्रेस उम्मेदवार तामाङको टिप्पणी

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार बंशलाल तामाङले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूमाथि कडा टिप्पणी गरेका छन्। मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पटक–पटक असफल भएको नेता भन्दै कटाक्ष गरे भने युवराज दुलालले जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्दै चुनावमा आएको आरोप लगाए।
तामाङले कांग्रेसलाई परिमार्जित र विकासमुखी पार्टीको रूपमा प्रस्तुत गर्दै आफू जनताको भरोसामा चुनाव जित्ने विश्वास व्यक्त गरे। उनले विकास बजेट ४० प्रतिशतसम्म पुर्‍याएर गाउँ–गाउँमा पूर्वाधार विकास गर्ने, युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने र विदेश पलायन रोक्ने नीति अघि सारे।
उनले आमायाङ्रीलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, हेलम्बुमा हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने, पाँच वर्षभित्र धुलो–धुवामुक्त सडक निर्माण गर्ने तथा पाँचपोखरी क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता पनि जनाए।
जनताको आशीर्वाद नै आफ्नो जितको आधार हुने भन्दै उनले एक पटक अवसर दिए जनताको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्