images
images

इन्द्रावतीको विकास अनुभवलाई आधार बनाउँदै बंशलाललाई जिताउन मन्त्री तामाङको आग्रह

मेलम्ची । बागमती प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार बंशलाल तामाङको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले बंशलाल तामाङले इन्द्रावती गाउँपालिकामा अध्यक्ष रहँदा नमुना विकास कार्य गरेको उल्लेख गरे। उनले बंशलालको नेतृत्वमा भएका पूर्वाधार विकास, सेवा प्रवाह तथा स्थानीय शासन सुधारका कामहरू उदाहरणीय रहेको दाबी गरे।
मन्त्री तामाङले नयाँ र पुराना राजनीतिक शक्तिहरूले फेरि मत मागिरहेको सन्दर्भमा विगतका कामहरूको मूल्यांकन गरेर मत दिनुपर्ने बताए। “विकास गर्ने उम्मेदवारलाई नै जनताले समर्थन गर्नुपर्छ,” उनले भने।
सभामा उनले बंशलाल तामाङलाई इमानदार र सक्षम नेतृत्वको रूपमा प्रस्तुत गर्दै कांग्रेसको रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन अपिल गरे।

प्रतिक्रिया दिनुहोस्