images
images

बदलिएको कांग्रेस देश बदल्ने अभियानमा छ : केन्द्रिय सदस्य सुनार

काठमडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनारले अहिलेको अवस्थामा नेपाली कांग्रेस बदलिएको र देशलाई रूपान्तरण गर्ने अभियानसहित अघि बढेको बताएका छन्। उनले कांग्रेसलाई लोकतान्त्रिक, अनुशासित र सबैलाई समेट्न सक्ने सशक्त राजनीतिक संस्था भएको उल्लेख गरे।

नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमम बोल्दै सुनारले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, संघीयता, व्यवस्था र सार्वभौमसत्तामाथि चुनौती आएको महसुस गरिएको बताए। सामाजिक सञ्जालमार्फत लोकप्रियवाद फैलाउँदै भ्रम छर्ने जमात सक्रिय रहेको उल्लेख गर्दै उनले यथास्थितिवाद र अतिवादबीच कांग्रेसले जिम्मेवार राजनीतिक शक्ति भएर उभिनुपर्ने धारणा राखे।

images
images

“कानुन र विधानभन्दा आफूलाई माथि ठान्ने प्रवृत्तिसँग पनि कांग्रेसले जुध्नुपर्ने अवस्था आएको छ,” उनले भने। देशको स्थायित्व र प्रणालीको रक्षा गर्न सशक्त र जिम्मेवार राजनीतिक नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

सुनारले अब युवाहरूले होसियारीका साथ उत्साह र ऊर्जा सहित खट्नुपर्ने समय आएको बताए। देशमा भएका ऐतिहासिक परिवर्तनहरूमा युवाको विशेष भूमिका रहेको स्मरण गराउँदै उनले लोकतन्त्र सुदृढ गर्न पुनः युवालाई अग्रसर हुन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्