images
images

आफ्नो उम्मेदवार जिताउन तरुणको भूमिका निर्णायक : निमा लामा

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य एवं पूर्वमन्त्री निमा लामाले विशेष परिस्थितिमा हुन गइरहेको निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन तरुण युवाहरूले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै लामाले आफ्नो उम्मेदवारलाई जिताउन युवाहरू वडा, टोल र बस्तीस्तरसम्म पुगेर अभियानमा होमिनुपर्ने बताए।

images
images

उनले अहिले देश प्रविधिको युगमा रहेकाले धेरै सूचना र ज्ञान सजिलै प्राप्त गर्न सकिने भए पनि वास्तविक विकासका लागि श्रम, उत्पादन र अनुशासन अपरिहार्य रहेको उल्लेख गरे। सामाजिक सञ्जाल वा प्रविधिलाई दोष दिनुभन्दा त्यसको सही प्रयोगमार्फत सकारात्मक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

माटो बलियो भए मात्र समाज सक्षम र सकारात्मक बन्ने बताउँदै उनले आधार मजबुत पार्न युवाहरूले इमानदार मेहनत र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्