images
images

वंशलाल तामाङ अन्य भन्दा सक्षम उम्मेदवार : अनिलकुमार तामाङ

काठमाडौँ । नेपाली कांग्रेसका भातृ संगठन तरुण दल क्षेत्र नम्बर २ का सभापति अनिलकुमार तामाङ बुद्धले परिवर्तनशील कांग्रेसको नेतृत्वमा हुन गइरहेको निर्वाचनमा वंशलाल तामाङ अन्य उम्मेदवार भन्दा सक्षम रहेको दाबी गरेका छन् ।

राजधानीमा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै सभापति तामाङले वंशलाल तामाङ अन्य दलका उम्मेदवारभन्दा सक्षम र विकासप्रेमी नेतृत्व भएको दाबी गरेका हुन् । उनले एक कार्यकाल इन्द्रावती गाउँपालिका सञ्चालन गर्दा वंशलाल तामाङले देखाएको कार्यशैली र विकासका कामहरू नै त्यसको प्रमाण भएको उल्लेख गरे।

उनका अनुसार देश विकास नहुनुको मुख्य कारण राजनीतिक नेतृत्वमा देखिएको भ्रष्टाचार र अस्थिर सोच हो। “प्राकृतिक स्रोतले भरिपूर्ण र विश्वमै सुन्दर देश हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुन सकेको छैन,” उनले भने, “स्रोत छ, सम्भावना छ, तर स्पष्ट भिजन र इमानदार कार्यान्वयनको अभावले देश पछि परेको हो।”

सभापति तामाङले विकास निर्माणका काममा विभिन्न निकायबीच आवश्यक समन्वय नहुँदा योजनाहरू अलपत्र पर्ने गरेको बताए।

अब परिवर्तनको नेतृत्व कांग्रेसले गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले बदलिएर आएको कांग्रेसले सुशासन, पारदर्शिता र परिणाममुखी विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

आगामी निर्वाचनलाई अवसरका रूपमा चित्रण गर्दै उनले युवालाई परिवर्तनको संवाहक बन्न आग्रह गरे साथै सक्षम नेतृत्व चयनमार्फत देशलाई सही दिशामा अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्