काठमाडौँ । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वंशलाल तामाङले हिजोको जनप्रतिनिधि भन्दा फरक देखिनेगरी काम गर्ने बताएका छन् ।
आज राजधानीमा आयोजित तरुण भेलामा आफ्नो भनाई राख्दै तामाङले युवाहरूको जोश र जाँगर, त्याग र बलिदानलाई खेरा नजाने गरी काम गर्ने धारणा राखे ।
क्षेत्र नम्बर २ मा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्दासम्म विगतमा प्राप्त मतमा केही मत थप हुनपर्ने बताउँदै नेपाली कांग्रेसको पक्षमा ठूलो जनलहर देखिएकोले चुनाव जित्न सहज हुने दाबी गरे।
हिजो संगठन बलियो छ भन्ने पार्टीको जग हल्लिएको बताउँदै सांगठनिक आधार नभएका हरूले गलत तरिकाले निर्वाचनको परिणामलाई फरक पार्न गलत अस्त्र प्रयोग गर्ने सपना बाँड्दै हिँडेको बताउँदै त्यो सपना नदेख्न चुनौती दिए ।
जस्तोसुकै अस्त्र विपक्षीले प्रयोग गरे पनि त्यसलाई तरुण दलले परास्त गर्न गर्ने गरी अघि बढ्न उनले आग्रह गरे ।
जिल्लाको भविष्य बनाउने जिम्मा नेपाली कांग्रेसको काँधमा आएको बताउँदै जसको लागि पार्टी सक्षम रहेको पनि दाबी गरे। साथै आआफ्नो वडामा फर्केर आफ्नो मत सुरक्षित गर्न पनि आग्रह गरे ।
उनले हिजोका जनप्रतिनिधि र फागुन २१ गतेभन्दा पछाडि निर्वाचित हुने जनप्रतिनिधि देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।















प्रतिक्रिया दिनुहोस्