images
images

बाह्रविसेका पूर्व मेयर निमफुन्जो शेर्पा नेकपामा समाहित, प्रचण्ड द्वारा भव्य स्वागत

काठमाडौ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका चर्चित नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। केही दिनअघि एमाले परित्यागको घोषणा गरेका शेर्पा शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममार्फत औपचारिक रूपमा नेकपामा समाहित भएका हुन्।
नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय, प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा शेर्पालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटालगायतका नेताहरले स्वागत गरेका हुन । कार्यक्रममा नेकपाका नेताहरूले शेर्पाको प्रवेशले सिन्धुपाल्चोकमा नेकपाको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे।
शेर्पासँगै सिन्धुपाल्चोकका एमालेका ठूलो संख्याका नेता तथा कार्यकर्ताहरू पनि नेकपामा समाहित भएका छन्। यसलाई आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेकपाको आधार विस्तार र एकताबद्धता सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नं। १ का प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाल लगायत जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

images
images

नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टी एकता, जनविश्वास र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्