images
images

पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

तालामाराङ ।
मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता तेर्से मा. वि.को प्राङ्गणमा बिहिबार सुरु भएको छ ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार वटा स्थानीय तहका १७ विद्यालयको सहभागिता रहेकोमा पहिलो दिन लिग चरणका खेलहरु सुरुभएको छ ।

images
images

आयोजक श्री तेर्से मा. वि. र बाल सुधार मा. वि. बिच भएको पहिलो खेलमा तेर्से मा. वि. ले जीत हासिल गरेको छ भने त्यसपछिका खेलहरुमा इचोक मा. वि. ले लागर्चे मा. वि. लाई जाल्पादेवी मा. वि. ले सर्वोदय मा.वि. लाई नवलपुर मा. वि. ले धौलेश्वरी आ. वि. लाई महेन्द्र मा.वि. ले बतासे मा.वि. लाई र भिमेश्वरी मा. वि. ले चण्डिका मा. वि.लाई पछि पार्दै जीत हासिल गरेका छन् ।

प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिका वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्षहरुको आतिथ्यमा भएको विशेष कार्यक्रमबिच मेलम्ची नगरपालिका शिक्षा‚ युवा तथा खेलकुद शाखा प्रमुख श्री लक्ष्मीप्रसाद रिजालले गरे ।

कार्यक्रममा बोल्दै रिजालले विद्यालयले शैक्षिक क्रियाकलापका साथै विभिन्न अतिरिक्त एवं सिर्जनात्मक क्रियालापमा पनि उत्तिकै रुपमा सफलता हासिल गर्न सफल रहेकोमा प्रशंसा गर्दै अगामी दिनमा अझै उन्नतिका लागि निरन्तर लागिरहन शुभकामना व्यक्त गरे ।

शुक्रबार लिग चरणका बाँकी खेल सहित क्वाटर फाइनलका खेलहरु सञ्चालन हुनेछन् । शनिबार फाइनल खेल सञ्चालन हुनेछ भने विद्यालयको वार्षिक उत्सव विशेष कार्यक्रम २५ गते हुने विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्