images
images

लायन्स क्लब र आर.वाई. फाउण्डेसनद्वारा भाैटेचाैरका विद्यार्थीलाई न्यानाे कपडा वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १ स्थित भोटेचौरमा रहेका ७ वटा विद्यालयका विद्यार्थीले न्यानाे कपडा पाएका छन् । ‘सेवा नै धर्म हो’ भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक दि हेल्पिङ ह्याण्ड्स र आर. वाई. फाउण्डेसनको संयुक्त पहलमा शनिबार एक विशेष वितरण कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय ७ वटा विद्यालय (सरस्वती मावि, सेतीदेवी मावि, जननेश्वरी, शिवपुरी, सिद्देश्वरी, भूमेश्वर र जलकेश्वरी आधारभूत विद्यालय) का करीब ४५० विद्यार्थीहरूलाई जाडो लक्षित न्यानो कपडा वितरण गरिएको हो। बालबालिकाहरू न्यानाे कपडा पाएपछि हर्षित देखिएका थिए। कार्यक्रममा विद्यार्थीका साथै स्थानीय महिलाहरूलाई स्वेटर र पञ्चे बाजा समूहलाई समेत विशेष पोशाक प्रदान गरिएको थियो।

images
images

रमिला शर्मा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन हिरा प्रसाद गुप्ता प्रमुख अतिथिको  थिए। कार्यक्रममा वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले विशिष्ट अतिथिको आसनबाट बोल्दै दाताहरूलाई धन्यवाद ज्ञापन गरे। सहयोगी हात फैलाउने लायन जीवनलाल शर्मा पौडेलले स्थानीय स्तरमा देखिएको यो सहकार्यले शिक्षा क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

​विव्यास अध्यक्ष कुमार प्रसाद चौलागाईले  समुदाय र सामाजिक संस्थाहरू बीचको यस्तो समन्वयले नै शिक्षाको विकास सम्भव रहेकाे बताए ।

​कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रमिला शर्माले लायन्स क्लबले सधैं समुदायको आवश्यकतालाई प्राथमिकता दिने बताए । आफू जन्मेकाे ठाँउमा सेवा गर्न पाउँदा खुसि लागेकाे उहाँले बताए । सो अवसरमा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरू अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्