images
images

मेलम्ची–हेलम्बु सडकखण्डमा सवारी चालकहरूको लागुपदार्थ परीक्षण अभियान

मेलम्ची ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकतामा राख्दै मेलम्ची नगर अस्पतालको सहकार्यमा सवारी चालकहरूको लागुपदार्थ सेवनसम्बन्धी परीक्षण अभियान सञ्चालन गरेको छ।

images
images

 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक योगेश खरेलको प्रमुख आतिथ्यमा सुरु गरिएको उक्त अभियान मेलम्ची–हेलम्बु सडकखण्डमा सञ्चालन गरिएको हो। अभियानअन्तर्गत सो सडकखण्ड भएर सञ्चालनमा रहेका २१ वटा सवारी साधनका चालकहरूको लागुपदार्थ सेवन गरे वा नगरेको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

ट्राफिक प्रहरीले सवारी चालकले लागुपदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले यस्ता परीक्षण अभियानलाई नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।

 

साथै, चालकहरूलाई सवारी नियम पालना गर्न, जिम्मेवार ढंगले सवारी चलाउन तथा यात्रु र आफ्नो जीवन सुरक्षामा सजग रहन समेत आग्रह गरिएको छ।

मेलम्ची नगर अस्पतालका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा गरिएको परीक्षण अभियानले सवारी सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न मुख्य सडकखण्डहरूमा यस्ता सचेतनामूलक तथा परीक्षण अभियानलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्