images
images

बालिका बलात्कारको आरोपमा दुई शिक्षक पक्राउ

सिन्धुपाल्चोक । सिन्धपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी–१२ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीया बालिकामाथि भएको यौन दुर्व्यवहार प्रकरणले विद्यालयको सुरक्षाप्रणाली र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ।

घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका दुई शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचार्यका अनुसार कक्षा ७ मा अध्ययनरत बालिकालाई शिक्षकहरूले ललाइफकाई जबरजस्ती गरेको उजुरीपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। नियन्त्रणमा लिइएकामा शिक्षक जितराज गिरी र विद्यालयका प्रधानाध्यापक रहेका छन्।

घटनापछि सुरुमा स्थानीय स्तरमै मिलापत्र गर्ने प्रयास भएको भए पनि पीडित पक्ष तथा सचेत नागरिकको दबाबपछि घटना सार्वजनिक भएको हो। घटना बाहिरिएसँगै दोषीमाथि कारबाहीको माग चर्किंदै गएपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्