बलेफी l
तल्लो बलेफी जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा स्थानीयको माग सम्बोधन नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आयोजनालाइ एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
निर्माणधीन २२ मेघावाटको जलविद्युत आयोजनालाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका स्थानीय युवाहरुले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायीको काम नगरेको भन्दै आयोजना स्थल पुगेका हुन् । आयोजना निर्माण गर्दा स्थानीयलाई सामाजिक उत्तरदायीको कार्यमा नसमेटिएको भन्दै चौतारा सागाचोकगढि नगरपालिका ४ कुबिन्डेका स्थानीयले बिहिवार आयोजनालाई ध्यानाकर्षण गराएका हुन ।
आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पुर्वाधार लगायतका काममा ध्यान नदिइ आयोजना निर्माण गरेको भन्दै स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए । हामीले ब्यक्तिगत मागेका होइनौं स्थानीयलाई र समाजमा आवश्यक पर्ने साझा कार्यक्रमलाई आयोजनाले सामाजिक उत्तरदायीकि हिसाबले सहयोग गर्नु पर्ने कार्यमा सहयोग नगरेको बताए ।
हामी प्रभावित क्षेत्रमा पर्छौ हामीले वडा कार्यालयलाई स्थानीयको साझा आवाजको माग परेका हौ यसमा वडा कार्यालयले समेत समन्वय गरेको श्रेष्ठले बताए । आयोजना निर्माण गर्दा स्थानीयलाई १० प्रतिशत सेयर दिने ब्यबस्थापन कानुनमा भएपनि अहिले आयोजनाले स्थानीयलाई पेलेर काम गरेको स्थानीयको आरोप छ ।
आइतबार निर्माणधिन २२ मेघावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको जिओलोजिस्ट इन्जिनियर सुमन तुम्बाहाम्फेले स्थानीयको ध्यानाकर्षण पत्र बुझेका छन् । तुम्बाफाम्फेले भने स्थानीयले बुझाएको ध्यानाकर्षण पत्र आयोजनाको हेड अफिसमा बुझाएर समन्वय गर्ने बताए ।















प्रतिक्रिया दिनुहोस्