सिन्धुपाल्चोक ।
सशस्त्र प्रहरी बल नेपालले सीमा नाका तातोपानीमा आगन्तुकको लागी शुद्ध खानेपानी युरोगार्डको ब्यबस्थापन गरेको छ ।
आइतबार तातोपानीको लिपिङमा यात्रु शाखासगै रहेको अध्यगमन कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्वा सिन्धुपाल्चोकले २५ औं स्थापना दिवसको अवसरमा खानेपानीको लागी युरोगार्ड राखेको हो ।
नेपाल चीन सीमा नाकाबाट नेपाल आउने र जाने पर्यटक तथा स्थानीयलाई समेत सहयोग पुग्ने उदेश्य खानेपानीको लागि युरोगार्डको ब्यबस्थापन गरेको गणका गणपति अच्युत मजगैयाले बताए । सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकि दिवसमा हरेक बर्ष सामाजिक काम कार्य गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्वा सिन्धुपाल्चोकका गणपति अच्युत मजगैयाले भने, हामी आफ्नो स्थापना दिवसमा नागरिकहरुलाइ सहयोग पुग्ने खालको सामाजिक कार्य गर्दै आएका छौ, नेपाल चीन सीमा नाकाबाट आउने आन्तरिक तथा बाह्य पर्यटक तथा सीमा नाका आवतजावत गर्ने स्थानीयलाई समेत सहयोग पुग्ने उदेश्यले हामी ले यसपटक खानेपानी युरोगार्डको ब्यबस्थापन गरेको बताए ।
त्यस्तै तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले सीमा नाकामा खानेपानीको लागि युरोगार्ड्को ब्यबस्थापले स्थानीय तथा आगन्तुकहरुलाइ खानेपानीको लागी सहज हुन्छ यस्तो खालको सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए ।
हामीले समाजलाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्नु पर्छ, सशस्त्र प्रहरी बल नेपाल भन्सार कार्यालय र सीमा सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ आजको सामाजिक कार्यले स्थानीयमा सकारात्मक सन्देश जाने प्रमुख भन्सार अधिकृत चुडालले बताए ।
सशस्त्र प्रहरी बलले प्राकृति विपत्तिमा नागरिकको उद्दारमा सहयोग गर्दै आएको छ । राज्यको सरकारी निकायले गरेको कामले स्थानीयमा राम्रो सन्देश जाने काम गर्दा स्थानीयमा सकारात्मक सोचको बिकास हुने भोटेकोसी गाउँपालिका २ का अध्यक्ष कुमार श्रेष्ठल बताए । यस अघि नाकाबाट आवतजावत गर्ने पर्यटकहरुको लागी सीमामा यात्रु शाखाको ब्यबस्थापन गरेको थियोे ।
आइतबार सशस्त्र प्रहरी बल नेपालले आन्तरिक तथा बाह्य पर्यटक तथा आगन्तुकको लागी खानेपानीको लागी युरोगार्डको ब्यबस्थापन गरेको हो । आइतबार स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ हेक्वा सिन्धुपाल्चोकले मितेरी पुलमा राष्ट्रिय झन्डा सहित चिनियाँ समकक्षीको भेटमा मार्चपास समेत गरेको हो ।















प्रतिक्रिया दिनुहोस्