images
images

बाह्रविसे ३ का ५५ विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण

सिन्धुपाल्चोक ।

बाह्रविसे नगरपालिका वडा नम्बर ३ मा रहेको तीनवटा विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

वडा नम्बर ३ मा रहेको बागेश्वरी आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय र किलेश्वरी आधारभूत विद्यालयका ५५ विद्यार्थीहरुलाई ट्र्याक सुट, टिसर्ट र जुत्ता वितरण गरिएको वडा अध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।

बागेश्वरी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष भण्डारीको प्रमुख आतिथ्यतामा उक्त सामग्रीहरू वितरण गरिएको हो।

अमेरिकामा बसोबास गर्ने टङ्कध्वज भण्डारीको संयोजनमा, विष्णु भण्डारी, प्रकाश भण्डारी, दिपेन्द्र थापा, भीमसेन रावत र अजय भण्डारीको संयुक्त सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्रीहरू वितरण गरिएको विद्यालयले जनाएको छ।

साथै उनीहरूले आगामी दिनमा पनि विद्यालयमा आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीहरु सहित विद्यालय पोशाक समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्