images
images

शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न मन्त्री तामाङको आव्हान

पाल्चोक ।
बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जय बागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब पनि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले विद्यालयको समग्र विकासका लागि राजनीतिभन्दा माथि उठेर सबैलाई सहकार्य गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा पूर्व प्रधानाध्यापक रामगोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । सम्मान पश्चात् रामगोपाल श्रेष्ठबाट ५० हजार र सरस्वती मावि ग्याल्थुमका पूर्व प्रधानाध्यापक सिन्धुपाल्चोककै शैक्षिक अगुवा हरिकुमार श्रेष्ठले आफ्नो स्वर्गवासी मातापिता यदुकुमारी रूपनारायण स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गर्दै विद्यालयको लागि निरन्तर सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिचन्द्र श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाइने तामाङको सभापतित्वमा सञ्चालन भएको हो।

प्रतिक्रिया दिनुहोस्

images
images
images