images
images

मेलम्चीमा आँखा शिविर समपन्न, ८४ जनाले आँखाको ज्योति पुन: प्राप्त गरे

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतिबिन्दु शल्यक्रिया शिविरमा ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।

मेलम्ची नगरपालिका ११ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा  पुस २३ र २४ गते दुई दिनसम्म मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । शिविरमा मेसिन बाट ३८ जना र हात बाट ४४ जना त्यस्तै मासु पलाएको २ गरी ८४ जनाले सेवा लिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका बैद्दले जानकारी दिनुभयो ।

images
images

तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो। । शल्यक्रियापछि आँखाले देख्न थालेपछि उनीहरू खुशी देखिएका छन् । गत पौष १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका,इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर गरि छनोट भएका  आँखाको समस्या भएका विरामिहरुको शल्यक्रिया गरिएको हो । तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्ची,तिलगंगा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको आयोजना  र मेलम्ची नगरपालिका संगको समन्वयमा शल्यक्रिया शिविर सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्