images
images

शिक्षा क्षेत्रको समस्या बोलेर नभई काम गरेर समाधान हुन्छ : मन्त्री तामाङ

मेलम्ची । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर) ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताए । साथै विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताएका छन् ।
मेलम्ची नगरपालिका वडा नम्बर ४ स्थित कृष्ण माध्यमिक विद्यालयको ६५ औं जन्म जयन्ती तथा २७ औ अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताएका छन् । मञ्चमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताए । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको उनको भनाइ छ । यो देशको विकास र समृद्धिको लागी आफ्नो धर्मको संरक्षण गर्नुपर्ने बताए ।

images
images

कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यालयमा ज्ञान मात्र नभएर शिक्षा संस्कार र संस्कृति  पनि सिक्ने भएको हुँदा विद्यालयलाई विद्याको मन्दिरको रुपमा पुज्ने गरेको बताएका छन् । उनले नगरपालिकाले शिक्षामा उल्लेख्य प्रगती गरेको बताउँदै आगामी बजेटमा पनि विद्यालयको भौतिक तथा सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उपप्रमुख प्रधानले तीन तहको सरकारको समन्वयमा नगरपालिका भित्र संचालन भएका विद्यालयहरु समुदायको अबस्था हेरेर दरबन्दी शिर्जना गरेर आबश्यक परेमा राहत शिक्षक समेत राखेको प्रस्ट पारे । उप प्रमुख प्रधानले नगरपालिकाले लगानी गरे अनुसार उचित नतिजा प्राप्त नगरेकाले यसलाई अझ उत्कृष्ट पार्दै नतिजा हाँसिल गर्न सम्पुर्ण अबिभावक र विद्यार्थीको भुमिका हुने बताए । उनले यो भेगलाई सहज हुने गरि स्वास्थ चौकी, क्याम्पस तयारी अबस्थामा रहेकाले छिटै बाँकी कामकालागी आबश्यक खर्च ब्यबस्थापन गरेर सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष सञ्जीव तामाङले सिन्धुभ्याली क्याम्पसले सिन्धुबेल्ट्को प्रतिनिधित्व नगर्ने बताएका छन् । काठमाडौको सिमामा रहेको क्याम्पसको नामनै भोटेचौर क्याम्पस राख्न चुनौती दिए । अध्यक्ष तामाङले क्याम्पसको नाम नै परिवर्तन गर्न सुझाव दिए । सिन्धुबेल्टको विद्यार्थीलाई समेट्नेगरी सेण्टरमा क्याम्पस राख्न उनको जोडदार माग छ । विद्यार्थी काठमाडौ पलायन भए भन्ने अनि किन पलायन भए भनेर कारण नखोजिदा अहिले विद्यार्थीले निर्धक्क पढ्न नपाएको बताए ।

कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेलको टिमले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरु लाई मनोरञ्जन प्रदान गरे । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्