images
images

सिन्धुपाल्चोकमा कूल मतदाता २ लाख ७५ हजार नजिक

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक जिल्लामा मतदाता सङ्ख्या करिब दुई लाख ७५ हजार नजिक पुगेको छ। निर्वाचन आयोगको विवरण अनुसार दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रहेको यस जिल्लामा कूल २ लाख ७४ हजार ९९८ जना मतदाता रहेका छन्।

images
images

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार ९८५ जना मतदाता रहेका छन्। यस क्षेत्र अन्तर्गत त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, जुगल, बलेफी, सुनकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका केही वडा पर्दछन्। यहाँ ८३ मतदान स्थल र १७२ मतदान केन्द्र तोकिएका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार १३ जना मतदाता रहेका छन्। यस क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका केही वडा, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिका पर्दछन्। क्षेत्र नं. २ मा ६३ मतदान स्थल र १६६ मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस्