images
images

सभापति लामाको नेतृत्वमा सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको खाता नम्बर १७००१००००७१४६०१० (राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय टेकु) मा सिन्धुपाल्चोक जिल्लाबाट ११ हजार ८ सय ३१ जना क्रियाशील सदस्यको नविकरणमार्फत संकलित १७ लाख ७४ हजार ८ सय ३० रुपैयाँ रकम जम्मा गरी आज केन्द्रीय कार्यालयमा बैंक भौचर बुझाइएको छ।

कांग्रेस सिन्धुपाल्चोकका सभापति तथा युवा एवं जुझारु नेता जंगबहादुर तामाङको नेतृत्वमा केन्द्रीय कार्यालय पुगेर उक्त भौचर औपचारिक रूपमा बुझाइएको हो ।

images
images

पार्टी संगठन सुदृढीकरणका लागि जिल्लाबाट उल्लेखनीय संख्यामा सदस्य नविकरण हुनु सकारात्मक उपलब्धि भएको नेताहरूले बताएका छन्। नविकरण अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै नेपाली कांग्रेसका जिल्ला प्रवक्ता नवराज भट्टराईले सिन्धुपाल्चोक कांग्रेस संगठनलाई अझ मजबुत बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्