images
images

मेलम्चीमा नगरपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ सम्पन्न

मेलम्ची ।
मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिका भित्रका २१ बिद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको छ ।

images
images

त्यस्तै इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ दोस्रो हुँदा प्रगति अंग्रेजी माध्यमिक विद्यालय, मेलम्ची–११ तृतीय र ठुलोथकनी माध्यमिक विद्यालय, मेलम्ची–४ सान्त्वना भएको छ ।

इन्द्रेश्वरी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. १० का वडा अध्यक्ष अमृत खनाल, शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सहभागी विद्यालय तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै सहभागी सबै विद्यालयलाई धन्यवाद ज्ञापन गरिएको छ ।

सहभागी सबै विद्यालय, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्