images
images

हेलम्बु अर्गानिक किवि फेस्टिबल भव्य रूपमा सम्पन्न

काठमाडौँ । हेलम्बु क्षेत्रका स्थानीय किसानद्वारा उत्पादन गरिएका अर्गानिक कृषि उपजहरूको प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हेलम्बु अर्गानिक किवि फेस्टिबल सफलता पूर्वक सम्पन्न भएको छ।

बौद्ध फार्मर्स मार्केटमा सम्पन्न फेस्टिबलमा हेलम्बु क्षेत्रका अर्गानिक किवि, आलु, स्कुस, सिमी, अलैची, सिताके च्याउ, कागती, केरा लगायत विविध कृषि उपजहरू स्टलमार्फत प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो। फेस्टिबलमा सहभागी किसानहरूले आफ्ना उत्पादन प्रत्यक्ष उपभोक्तासम्म पुर्‍याउने अवसर पाएको बताएका छन्।

images
images

स्थानीय किसानका उत्पादनलाई बजारसँग जोड्दै अर्गानिक कृषिप्रति उपभोक्ताको विश्वास बढाउने उद्देश्यले आयोजना गरिएको फेस्टिबलले उपभोक्ता तथा कृषिप्रेमीको उल्लेखनीय आकर्षण पाएको आयोजकले जनाएको छ। फेस्टिबलमार्फत अर्गानिक उत्पादनको महत्वबारे जनचेतना अभिवृद्धि हुनुका साथै स्थानीय उत्पादनको मूल्य पहिचानमा टेवा पुगेको अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले किसानको आत्मनिर्भरता बढाउनुका साथै दिगो र वातावरणमैत्री कृषिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्