तातोपानी । एक साता देखि स्थानीयले अबरुद्ध गरेको तातोपानी नाका शनिबार बेलुकाबाट संचालनमा आएको छ । अरनिको राजमार्ग कोदारी स्थित इको पहिरोमा स्थानीयले सडक अबरुद्ध गरेपछि नाका एक साता देखि बन्द भएको हो । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले सडक संचालनमा अबरोध गरेपछि एक साता देखि नाकाबाट आयात बन्द भएको हो।
शुक्रबार दिउँसो देखि स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएपछि स्थानीयले सडक निर्माण कार्य तत्काल सुरु नगरे सडक संचालन हुन नदिने बताएपछि शुक्रबार स्थानीय र सडक डिभिजन कार्यालय चरिकोट बिच भएको बार्ता असफल भएको थियोे ।
इको पहिरो नियन्त्रण र बस्ती सरंक्षणका लागि सडक डिभिजन कार्यालय चरिकोटले शुक्रबार नै टेन्डर आव्हानको सूचना प्रकाशित गरिसकेको छ । असोज २ गते स्थानीयबासी, सडक बिभाग, सडक डिभिजन कार्यालय चरिकोट लगायतको उपस्थितीमा कार्तिक महिनामा टेन्डर निकाल्ने सहमति भएपनि सूचना निकाल्न झन्डै एक महिना ढिला भएपछि स्थानीयले सडक अबरोध गरेका हुन ।
चरिकोटले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको छ । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने सडक डिभिजन कार्यालय चरिकोट बताएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयले स्थानीय बासीमा गरेको अनुरोध र विभिन्न निकायसगको छलफल पछि सडक खुलेको हो । स्थानीयले अबको ६२ दिनमा सडक निर्माण कार्य सुचारू नगरे इको पहिरोबाट सडक अबरुद्ध गर्ने सहमति गरेसगै सडक संचालनमा आएको हो । सडक संचालनमा आएसगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र इभि गाडीहरु भन्सार यार्ड जान थालेका छन। सडक बन्द हुँदा फलफूल लगायत कुहिएको व्यावसायिहरुले बताएका छन ।















प्रतिक्रिया दिनुहोस्