तातोपानी । एक साता देखि स्थानीयले अबरुद्ध गरेको तातोपानी नाका बन्द बनेको छ । अरनिको राजमार्गको कोदारी स्थित इको पहिरोमा स्थानीयले सडक अबरुद्ध गरेपछि नाका एक साता देखि बन्द भएको हो । सडक संचालन गर्न शुक्रबार दिउँसो देखि स्थानीय र सडक डिभिजन कार्यालयबीच भएको वार्ता असफल भएको छ । सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोट र स्थानीयहरुबीच कोदारीमा भएको वार्ता सहमति हुन नसकेको हो । शनिबार बस्ने गरी टुंङ्गिएको छ ।
स्थानीयले सडक बिभागसग बर्षा याममा मेसिन प्रयोग गर्न नपाउने, प्रयोग भएमा त्यसको क्षतिको जिम्मेवारी लिनुपर्ने, सडक निर्माण कार्य तत्काल सुरु गर्नु पर्ने र सडक निर्माणसगै जोखिम बस्तीको जिम्मेवार बन्नु पर्ने जस्ता माग राखेपछि बार्ता बिनानिष्कर्ष टुङ्गगीएको हो ।
इको पहिरो नियन्त्रण र बस्ती सरंक्षणका लागि सडक डिभिजन कार्यालय चरिकोटले शुक्रबार नै टेन्डर आव्हानको सूचना प्रकाशित गरिसकेको छ । भदौ २ गते स्थानीय र सडक बिभाग, सडक डिभिजन कार्यालय चरिकोट लगायतको उपस्थितीमा कार्तिक महिनामा टेन्डर निकाल्ने सहमति भएपनि सूचना निकाल्न झन्डै एक महिना ढिला भएको छ ।
४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेको छ । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने सडक डिभिजन कार्यालय चरिकोट बताएको छ । हामीले हाम्रो तहबाट गर्नुपर्ने सबै कुरा गर्ने भनेर राख्यौ तर स्थानीयले मानेका छैनन् । आजको आजै काम सुरु गर भन्ने कुरामा हामीले सहमति गर्न सक्दैनौ प्रक्रिया अनुसार काम निरन्तर हुने डिभिजन कार्यालयले बताएको छ ।
नाकामा सडक अबरुद्ध बन्नपुग्दा यातायातको सवारीसाधन आवतजावत गरेका छैनन् । दैनिकी २० देखि ३० वटा कन्टेनरबाट समान आउने गर्थ्यो एक साता देखी बन्द बनेको छ । बाढी पहिरोको मारमा खेप्दै आएको तातोपानी नाका बर्षायम सुरुभएसगै बन्द हुने गर्दछ।
















प्रतिक्रिया दिनुहोस्