दाङ । फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस दाङले क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे सहितका नेताहरुको नाम सिफारिस गरेको छ । आज बसेको पार्टीको बैठकले प्रत्यक्षतर्फ घिमिरेसहित १०जनाको नाम सिफारिस गरेको छ । घिमिरे कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रिय सदस्य हुन् । सैद्धान्तिक वैचारिक रुपमा प्रखर र सामाजिक काममा समेत सक्रिय मिलनशार घिमिरेलाई सिफारिस भएकाहरुमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा हेरिएको छ । घिमिरेलाई उम्मेदवार बनाउन निर्वाचन जित्न सक्ने सो क्षेत्रमा स्थानीय नेताहरु बताउँछन् ।
त्यस्तै, दाङ २ बाट समानुपातिकतर्फ ६ जना र राष्ट्रियसभाका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।















प्रतिक्रिया दिनुहोस्