बाह्रबिसे ।
बाह्रबिसे नगरपालिकाले बाढी पहिरोबाट घरवार घुमाएका परिवारलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
बुधबार नगरपालिकाले पीडित परिवारलाई चियापानको कार्यक्रमको आयोजना गरि घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । २०७७ साल मा जम्बु र २०७८ साल भदौमा नागपुजेमा तथा टाङ्सरका बाढी पहिरोबाट उनीहरुले घरवार घुमाएपछि उनीहरु अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । नगरपालिकाले ०७७/०७८ यता बाढी पहिरोबाट घरपरिवार घुमाएका ६० परिवारलाई घरमा निर्माण सम्पन्न भएपछि प्रमाणपत्र दिएको बाह्रबिसे नगरपालिकाका विपद शाखा प्रमुख दुर्गा भण्डारीले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले आफ्नो कार्यकालमा कोहि पनि घरवारविहीन हुनु नपर्ने बताए । हामीले निर्वाचनमा यहि एजेन्डा लिएर भोट मागेका थियौ, अहिले त्यही एजेन्डा अनुसार जनताको काम गरिरहेका छौ, देशमा तीन तहको सरकार छ हामी स्थानीय सरकारले तपाईंहरुको गुनासो अनुसार काम गर्ने हो त्यसले आज यो काम गर्न सकिएको मेयर बस्नेतले बताए । बाह्रबिसे नगरपालिका हरेक हिसाबले हेर्दा जोखिम छ विपदको हिसाबले हेर्दा बाह्रबिसे नगरपालिका जोखिम नगरपालिका हो तर हामी जोखिम भनेर पन्छिएका छैनौ जनताको काम जस्तोसुकै अबस्थामा पनि गरेका छौँ त्यसैले तपाईंहरुले आज प्रमाणपत्र पाएकोमा आफू खुसी रहेको बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बाह्रबिसे नगरपालिका विपदको जोखिममा पर्ने नगरपालिका हो, हामीले विपदबाट जोगिन सुरक्षा अपनाउनु नै मुख्य उदेश्य भएकोले सबै स्थानीय नागरिक सचेत बन्नु पर्ने नेपालीले बताए । हामीले बढी पहिरोले घरवारविहीन भएका नगरवासीलाइ घर निर्माणको नगरपालिकाले गर्नुपर्ने सहयोग गरेका छौ, त्यही अनुसार आज प्रमाणपत्र वितरण गरिएको वडा अध्यक्ष एवम् बाह्रबिसे नगरपालिकाका प्रबक्ता बिमल पौडेलले बताए । ४६ घर परिवारलाई जग्गा खरिद सहित घर निर्माणमा ८ लाख र १४ घरपरिवारलाई ५ लाख रकम उपलब्ध भएको हो । ८ लाख रकममा नगरपालिकाले २० प्रतिशत रकम सहित प्राबिधिक सहयोग गरेको हो । बाह्रबिसे नगरपालिकामा २०७७/०७८ यता बाढी पहिरो लगायत विपदबाट ५१ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्