images
images

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पुर्व मन्त्री मोहन बहादुर बस्नेतको एकल नाम सिफारिस

सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ । आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन तर्फ सिफारिस गरेको हो । नेपाली काङ्ग्रेस निकट भातृ सघसंगठन, सुभेच्छुक विभिन्न सघ सस्था, पार्टीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, पार्टीका पालिका अध्यक्ष तथा उपाध्यक्ष लगायतले सिफारिस गरेका हुन।

मंगलवार काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको काङ्ग्रेस नेता कर्याकर्ताको भेला तथा छलफलपछि बस्नेतको नाम एकल सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए । यस अघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिएर बिजय बनेका थिए । काङ्ग्रेस- माओवादीको गठबन्ध बन्दा बस्नेत २ नम्बर निर्वाचन क्षेत्र जान परेको हो । बस्नेतको नाम निर्वाचन क्षेत्र नम्बर २ बाट समेत सिफारिस गरिएको छ ।

images
images

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

जस अनुसार क्षेत्रको छलफल तथा भेलाले २१ फागुनमा ताेकिएकाे निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको एकम नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्