सिन्धुपाल्चाेककाे मेलम्चीमा “स्वास्थ्य समुदायकाे निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे याेगदान” भन्ने मुल नाराका साथ २२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएकाे छ।
मेलम्ची नगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा नगरपालिका उपप्रमुख उमा प्रधानले अध्यक्षता गर्नुभएकाे थियाे । कार्यक्रममा प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य स्वयंसेविकाहरूकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा अन्तर्क्रियात्मक छलफल पनि गरिएकाे थियाे । जसमा स्वास्थ्य समुदायको निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाकाे याेगदानबारे अन्तर्क्रिया पनि भएकाे थियाे । मेलम्ची नगरपालिकामा जिराे हाेम डेलिभरीका लागि चालिएको प्रयास र महिला स्वास्थ्य स्वयंसेविकाका भूमिका र स्तन क्यान्सरको बारेमा शुरूमै कसरी पहिचान गर्न सकिन्छ भन्नेबारे पनि अन्तर्क्रिया भएकाे थियाे ।















प्रतिक्रिया दिनुहोस्