images
images

कार्यलय वरिपरि सरसफाइ गरी मनायो मेलम्चीले स्थापना दिवस

मेलम्ची  ।

मेलम्ची नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय वरिपरि सरसफाई गरी आफ्नो स्थापना दिवस मनाएको छ ।

images
images

११ औँ स्थापना दिवसको अवसरमा मेलम्ची नगरपालिकाले आज एक विशेष कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, अधिकृत तथा सहायक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यालय भवन वरपरको वातावरण सुधार गर्ने उद्देश्यले सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । सरसफाइका क्रममा झाडी हटाउने, फोहोर व्यवस्थापन गर्ने तथा सफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यहरू गरिएको नगरपालिका स्रोतले जनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित यस गतिविधिले सफाइप्रति कर्मचारीको जिम्मेवारी तथा सामूहिक सहभागितालाई अझ मजबुत बनाएको नगरपालिकाले जनाएको छ।

मेलम्ची नगरपालिकाले आगामी दिनमा पनि यस्ता सफाइ तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्