images
images

एमालेको ११ औँ महाधिवेशन : प्यानल बनाएर चुनाव गरेकाे सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

सिन्धुपाल्चाेक । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट मिश्रित प्यानलसहित १७ प्रतिनिधि चयन गरिएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट पुरुष, महिला, युवा तथा दलित समावेशी संरचना अनुसार प्रतिनिधि निर्वाचित भएका हुन्।

क्षेत्र नं. १
क्षेत्र नम्बर १ बाट कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदीप पौडेल प्रतिनिधि निर्वाचित भएका छन्।
महिलातर्फ सुशीला पाख्रीन, दाबुटी शेर्पा लामा र कमला श्रेष्ठ कायस्थ चयन निर्वाचित भए ।
४० वर्षमुनिका युवातर्फ आङदोर्जे शेर्पा निर्वाचित भएका छन्।

images
images

क्षेत्र नं. २
प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट कृष्णगोपाल तामाङ, टासी लामा ह्योल्मो, हस्त पण्डित र मित्रलाल चौलागाई निर्वाचित भएका छन्।
महिलातर्फ बालकुमारी सापकोटा र सुनिता पराजुली निर्वाचित भए।
४० वर्षमुनिका युवामा हिरा चौलागाई निर्वाचित भए।
दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधि चयनसँगै आगामी विधान तथा नेतृत्व चयन प्रक्रियामा सिन्धुपाल्चोकको सहभागिता महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्