images
images

भोटेकोशी जलविद्युत आयोजनाको सेयर प्राप्त गर्न योग्य लाभग्राहीको लगत संकलन, डेढ महिनाभित्र सम्पन्न गर्ने योजना

सिन्धुपाल्चोक ।

भोटेकोसी गाउँपालिकाले भोटेकोशी जलविद्युत आयोजना सँगको सहमति अनुसार सेयर प्राप्त गर्न योग्य प्रभावित स्थानीयको लागत संकलन गरिरहेको छ।

images
images

पालिकाका पाँचवटा वडाहरूमध्ये वडा नम्बर २ र ३ को काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

जस अन्तर्गत वडा नम्बर १ ले पनि सो कार्यलाई जारी राखेको छ। वडा नम्बर १ ले साविकका गाविसहरूमा छुट्टाछुट्टै स्थान तोकी लगत संकलनको काम गरिरहेको वडा अध्यक्ष साङ्बु लामाले जानकारी दिए । वडाभित्रका नागरिकहरूलाई आवश्यक कागजात सहित लगत सहयोग गरिदिनुहुन अनुरोध पनि गरिएको छ।
वडाका धेरैजसो नागरिक जिल्ला बाहिर अर्थात् काठमाडौँमा बसोबास गर्दै आएकोले आउँदो आइतबारदेखि उनीहरुलाई लक्षित गरी उतै निश्चित ठाउँ तोकेर लगत संकलनको काम गर्ने योजना बनाएको उनले बताए ।  यो कार्य अबको १ देखि डेढ महिनाभित्र सम्पन्न गर्ने गरी अघि बढेको पनि अध्यक्ष लामाले बताए ।

साथै विदेशमा हुनेहरुले समेत सेयर प्राप्त गर्न सक्ने तर विदेशमै स्थायी बसोबास गर्नेहरूले भने उक्त सेयर नपाउने उनको भनाइ छ।

गाउँपालिकाको पाँचैवटा वडाहरूमा उक्त कार्य अहिले जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्