images
images

राम्चे युवा समूहको आयोजनामा गोल्मास्था साँस्कृतिक साँझ हुने

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्चे स्थित गोल्मास्थान मन्दिर परिसरमा गोल्मास्थान साँस्कृतिक साँझ–२०८२ भएको छ । ‘परम्परा, पहिचान र मनोरञ्जनको उत्कृष्ट संगम’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रम स्थानीय संस्कृति प्रवद्र्धन र प्रतिभाको सम्मानमा केन्द्रित रहनेछ ।

कार्यक्रमका प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता तथा उप–प्रमुख मञ्जु तामाङको बिशेष आतिथ्यता रहने आयोजकले जनाएको छ । सांस्कृतिक साँझको संयोजन सानु तामाङले गर्नेछन् । यस स्थानमा हरेक वर्ष धान्य पूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ ।

images
images

कार्यक्रममा राष्ट्रिय परिचय बनाएका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । गायक, गायिकासहित स्थानीय तथा राष्ट्रिय स्तरका सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ । कार्यक्रममा आशा बी.सी., प्रकाश तितुङ, ल्हामु शेर्पा, इन्द्र मगर र माया लामा लगायत कलाकारहरूले प्रस्तुति दिनेछन् ।

कार्यक्रम राम्चे युवा समूह, बाह्रबिसे नगरपालिका–९ द्वारा आयोजनामा हुन लागेको कार्यक्रम मंसिर १७ गते, शनिवार दिउँसो २ः०० बजे गोल्मास्थान मन्दिर प्राङ्गण, बाह्रबिसे–९, राम्चेमा सुरु हुने क्लवका बिसर्जन तामाले जानकारी दिए ।

स्थानीय संस्कृतिको जगेर्ना, पर्यटन प्रवद्र्धन र प्रतिभाको सम्मान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो साँस्कृतिक साँझले यस क्षेत्रको सामाजिक–सांस्कृतिक अभियानलाई थप चलयमान बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्