बलेफी । बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयमा वडा कार्यालयको आर्थिक सहयोग र वडा बाल सञ्जालको संयोजनमा आयोजना गरिएको माइनेट उठाउने प्रतियोगिता तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको उत्साहपूर्ण सहभागितासँगै दुवै विधामा प्रतिस्पर्धात्मक वातावरण देखिएको विद्यालयले जनाएको छ ।
माइनेट उठाउने विधामा कक्षा ९ देखि १२ का १५ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा प्रथम स्थान शिशिर पौडेलले हासिल गर्दा द्वितीय स्थान देवीसा पौडेलले, तृतीय स्थान आस्था रोक्काले र सलिना श्रेष्ठलाई सान्त्वना स्थानहाँसिल गरेको छ ।
यस्तै, कक्षा ६ देखि ८ सम्मका १७ विद्यार्थी सहभागी निबन्ध लेखन प्रतियोगिता “बालमैत्री शिक्षाः आजको आवश्यकता” शीर्षकमा सम्पन्न भएको थियो । शुप्रिया भुजेल प्रथम, ब्रिटिसा तामाङ द्वितीय, उष्णवी तामाङले तृतिय र रेश्मा कार्कीले सान्त्वना स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।
दुवै विधामा प्रथमलाई ३०००, द्वितीयलाई २१००, तृतीयलाई १०५० तथा सान्त्वना विजेतालाई ५५० नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । उनिहरुलाई गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, सभापति वडा अध्यक्ष यादव ठकुरी लगायतले पुरस्कार बितरण गरेका थिए ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, सभापति वडा अध्यक्ष यादव ठकुरी रहेको कार्यक्रम कक्षा १० की वर्षा भुजेलले सञ्चालन गरेकी थिइन्।
गाउँ तथा टोल स्तरमा आयोजना हुने विभिन्न भेला बैठक लगायतका औपचारिक कार्यक्रमहरूमा माइनेट उठाउने दक्ष व्यक्तिको अभाव देखिएकोले उक्त समस्या समाधानका लागि विद्यार्थीहरूलाई सीप विकास गराउने उद्देश्यले सिकाइका लागी प्रतियोगिता गरिएको आयोजकहरूले बताए ।
















प्रतिक्रिया दिनुहोस्