images
images

अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने सीपमूलक ज्ञानबाट त्रीपुराका महिलामा खुसी थपिदै

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बुङ्गाथलीमा अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ।
पालिका भित्रका स्थानीय महिलाहरुलाइ अकबरे खुर्सानी प्रसोधन तथा अचार बनाउने सीपमुलक तालीममा सहभागी गराउदै उनीहरुको आयआर्जनमा समेत वृद्धि हुने उदेश्यले यो तालीमको आयोजना गरिएको हो । अकबरे खुर्सानी पकेट क्षेत्र बुङ्गाथलीमा त्रीपुरासुन्दरी गाउँपालिकाको १५ महिलाहरूलाई सहभागि गराइएको हो । गत मङ्सिर १ गते सुरु भएको तालिम शुक्रवार सम्पन्न भएको हो ।

अकबरे खुर्सानी प्रसोधन तथा अचार बनाउने सीपमूलक तालीमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले महिलाहरूलाई उद्यमशीलताको बाटोमा अघि बढाउने उद्देश्यले यस्तो सीपमूलक तालिमको आयोजना गरिएको बताए । हामीले महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले उहाँहरुलाइ सहभागी गराएका हौ।, गाउँघरमा उत्पदन हुने अकबरे खुर्सानीबाट अचार बनाउन सक्ने सीपमूलक तालिमबाट आगामी दिनमा उहाँहरुको आम्दानीको बाटो बन्ने अध्यक्ष बोहराले बताए । उनले भने, तपाईंहरुले ५ दिनसम्म तालीममा दिएको समयबाट सिकेका ज्ञान र सीपमूलक कार्यलाई व्यवहारमा उतार्न पर्नेमा जोड दिए।

images
images

अकबरे खुर्सानीबाट हरेका प्रकारका अचार निर्माण गर्न सकिन्छ । आफ्नो गाउँघरमा उत्पदन हुने अकबरे खुर्सानीलाई अर्गानिक उत्पदनमा ध्यान गरे स्वास्थ्यको लागि अझ फाइदा पुग्ने छ। अकबरे खुर्सानी प्रसोधन तथा अचार बनाउने तालीम दिएकी प्रशिक्षक साबित्री दङ्गगालले भनिन्, यहाँ तालिम लिएका महिलाहरूले अब खुर्सानी उत्पादन भई बजार नपाएको अवस्थामा पनि खुर्सानीलाई सुरक्षित र ताजा बनाइ राख्न सकिने खालको सीपमूलक ज्ञान पाएको बताइन् । कहिलेकाही उत्पादन भएका बस्तुले बजारमा उचित मूल्य नपाउन सक्छ त्यस्तो समयमा खुर्सानीलाई ताजा र अन्य परिकार बनाएर राख्न सकिने दाङ्गगालले बताइन् ।

कार्यक्रममा उपाध्यक्ष गीता नेपाल,,वडा अध्यक्ष रमेश राउत, पालिकाका कर्मचारीलगायत सरोकारवालाहरू समेत उपस्थिति थिए ।

सहभागी महिलाहरूले तालिमले आफूहरूलाई व्यावसायिक रूपमा सक्षम बनाएको अनुभव सुनाउँदै आगामी दिनमा अकबरे खुर्सानी प्रशोधन र अचार उत्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्