images
images

हिजोको सहमति, आजै कार्यान्वयन सुरु : मेलम्ची हेडवर्क्स सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रतर्फको पहुँच सुधार गर्ने कार्य औपचारिक रूपमा अघि बढेको छ। आयोजनाको हेडवर्क्ससम्म पुग्ने मेलम्ची–अम्बाथान सडकखण्डको १७ किलोमिटर भाग स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार टेन्डर आह्वान गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार भएको सहमति कार्यान्वयनका क्रममा यो प्रक्रिया सुरु गरिएको हो। आयोजनासँग सम्बन्धित सरोकार समितिहरू, स्थानीय निकाय र मन्त्रालयबीच भएको सहमतिअनुसार अब सडक सुधारसँगै मेलम्ची खानेपानी वितरण प्रणालीको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने बाटो खुलेको मानिएको छ।

images
images

१७ किलोमिटर सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति गर्न लागिएको यस परियोजना सम्पन्न भएपछि मुआन क्षेत्रसम्म पहुँच सहज, सुरक्षित र द्रुत हुने अपेक्षा गरिएको छ।

गत कात्तिक २० गतेदेखि स्थानीय सहमतिपछि मेलम्ची खोलाको पानी फेरि काठमाडौँ पठाउन सुरुङ सञ्चालनमा आएको थियो, जसले मेलम्ची आयोजनालाई पुनः स्थायित्वतर्फ डो¥याएको छ।

प्रतिक्रिया दिनुहोस्