images
images

मेलम्ची खानेपानी मुहान क्षेत्रको अवरोध हटाउन मन्त्री घिसिङको आग्रह

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा देखिएको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्। विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राख्दै आयोजना प्रभावितले मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति रोकिएको थियो।

सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग भेट गरी समस्या समाधानका लागि सहयोग र पहल गर्न अनुरोध गरे। उनले मेलम्चीबाट पानी आउन बन्द हुँदा राजधानीमा पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै समस्या छलफल र सहमतिबाट समाधान गर्न सरकार तयार रहेको बताए।

images
images

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी छन्।

अध्यक्ष शेर्पाले विगतका सम्झौता कार्यान्वयन गर्न माग गर्दै जग्गा तथा घर भाडा, निर्माण व्यवसायीका भुक्तानी, मेलम्ची बजार–मेलम्ची घ्याङ सडक निर्माण र सुन्दरीजलमा आपूर्ति हुने पानीको २५ प्रतिशत हेलम्बु विकासका लागि उपलब्ध गराउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्