images
images

रास्वपा इन्द्रावती–२ मा वडा समिति पुनर्गठन

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इन्द्रावती गाउँपालिका–२ को वडा समिति भिम भारतीको सभापतित्वमा पुनर्गठन गरिएको छ। उक्त कार्यक्रम आइतबार एक विशेष समारोहका साथ सम्पन्न भएको हो।

कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव चक्रपाणि सिग्देल, इन्द्रावती गाउँपालिकाका लागि जिल्ला सदस्य तथा संयोजक छिरिङ दोर्जे लामा, वडा नं. ३ र ४ का सभापति तथा स्थानीय पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

images
images

पुनर्गठनको उद्देश्य संगठन सुदृढीकरण, जनस्तरसँगको सम्बन्ध विस्तार र आगामी गतिविधिलाई प्रभावकारी बनाउने रहेको बताइएको छ। स्थानीयको विश्वास, समर्थन र सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जा प्रदान गरेको आयोजकहरूले बताएका छन्।

पुनर्गठित वडा समिति 

  • सभापति: भिम भारती

  • उपसभापति: सुमित्रा गिरी

  • सचिव: शोभा गिरी

  • सदस्यहरू: योगेश तामाङ, टेकबहादुर गिरी, नारायण नेपाली, राजेन्द्र भारती, तिलक नेपाली, जितबहादुर तामाङ

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारीअनुसार अनुशासित, पारदर्शी र जनमुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्