images
images

जापान सरकारद्वारा कागेश्वरी मनोहरा नगरपालिकालाई अत्याधुनिक अग्निनियन्त्रण सवारी सहयोग

काठमाडौं  । जनसुरक्षा र आपतकालीन सेवा सुदृढीकरणका लागि जापान सरकारले नेपालस्थित जापान दूतावासमार्फत एक वटा अत्याधुनिक अग्निनियन्त्रण सवारी (Fire Truck) कागेश्वरी मनोहरा नगरपालिकालाई हस्तान्तरण गरेको छ।

यो सहयोग जापान सरकारको Grant Assistance for Grassroots Human Security Projects (GGP) कार्यक्रमअन्तर्गत प्राप्त भएको हो। परियोजना Volunteer Corps Nepal (VCN) मार्फत, दीपक चापागाईंको नेतृत्वमा अघि बढाइएको थियो।

images
images

सहयोग प्राप्त भएपछि नगरपालिकाको अग्निनियन्त्रण, उद्धार र आपतकालीन सेवाको क्षमतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख तथा सम्पूर्ण नगर परिवारले जापान सरकार र नेपालस्थित जापान दूतावासप्रति हार्दिक आभार प्रकट गर्दै, यस साझेदारीले नेपाल–जापानबीचको जनस्तरीय मित्रता र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी, परियोजनाको सफल कार्यान्वयनमा पुर्‍याएको एआरएफएफ तथा नेपाल रेस्क्यु एण्ड फायरफाइटर एशोसिएशन नेपालका अध्यक्ष मधुसुदन थापाको उल्लेखनीय योगदानप्रति पनि नगरपालिका कृतज्ञ रहेको जनाएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाले समुदायको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै, स्थानीय तहमा प्रभावकारी र आधुनिक सेवा प्रवाहमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्