images
images

सहमति कार्यान्वयन नहुँदा मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पानी पथान्तरण रोकिदिएको छ । स्थानीय बासिन्दा, बाढीपीडित संघर्ष समिति र विभिन्न राजनीतिक दल बीच भएको पटक–पटकका सहमति कार्यान्वयन नभएपछि बिहीबार (कात्तिक २०) देखि पथान्तरण पूर्ण रूपमा बन्द गराएका हुन्।

संघर्ष समितिका अनुसार ०८१ असोज २३ गते खानेपानी मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएको, राहत तथा पुनर्निर्माणका काम अघि नबढेको र क्षतिपूर्तिको प्रक्रिया रोकिएकोले आन्दोलन दोहोर्याउन बाध्य भएको हो।

images
images

०७८ असार १ गतेको विनाशकारी बाढीले घरजग्गा, खेतीयोग्य जमीन र संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। तर वर्षौंदेखि माग सुन्ने मात्र काम भएको भन्दै स्थानीयले अब माग पूरा नभएसम्म राजधानीमा मेलम्चीको पानी नपठाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्