सिन्धुपाल्चोक ।
सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बन्देउमा गरेको यस कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास गरेको छ । सो अभ्यासमा चेतावनीदेखि लिएर लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायर र घाइतेको उद्धारसम्मको दृश्य प्रस्तुत गरिएको थियो ।
प्रशासनका पदाधिकारीहरूका अनुसार अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायहरूलाई व्यवहारिक रूपमा तयार गराउनु अभ्यासको मुख्य उद्देश्य रहेको बताइएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले ’सशस्त्र र नेपाल प्रहरी प्रतिस्पर्धी नभई परिपूरक भएको र सानो जनशक्ति तथा सीमित स्रोतसाधनको अवस्थामा समेत प्रभावकारी रूपमा भिड नियन्त्रण गर्न सक्ने खालको तयारी आवश्यक रहेको बताए । उहाँले आउँँदो निर्वाचन तथा सामाजिक अस्थिरताको बेला थप सतर्कता र पूर्वतयारीको आवश्यकता औँल्याए ।
नेपाल प्रहरीले पहिलो घेराबाट अवस्था नियन्त्रण गर्नुपर्ने र आवश्यकता अनुसार सशस्त्र प्रहरीलाई सहायक बलको रूपमा परिचालन गरिने उल्लेख गरे ।
आन्दोलनको प्रकृति अनुसार समानुपातिक जनशक्ति र उपकरण प्रयोग गर्नुपर्ने, समयमा सूचना प्रवाह र जनशक्ति तालिमको भूमिकालाई कमजोर नबनाउने कुरामा बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलको जोड थियो । सशस्त्र प्रहरी ३ नं बाहिनि, गढिमाइका बाहिनिपति अञ्जनी कुमार पोखरेलले पनि अभ्यासले व्यवहारिक अनुभव दिने र वास्तविक घटना सबैले अनुकरण नहुने भए तापनि सबै परिस्थितिका लागि तयार रहन मार्गदर्शन गर्ने बताए । कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।।















प्रतिक्रिया दिनुहोस्