images
images

कागेश्वरी मनोहराका नगरप्रमुख कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त परिषद्मा निर्वाचित

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) का परिषद् सदस्यमा निर्वाचित भएका छन्। हालै दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न संस्थाको १० औँ सम्मेलनले कार्कीलाई परिषद् सदस्यका रूपमा चयन गरेको हो।

परिषद् एशिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारबीच नीति संवाद, अनुभव आदान–प्रदान तथा दिगो विकासका कार्यक्रमलाई सुदृढ बनाउने उद्देश्यले कार्यरत अन्तर्राष्ट्रिय संस्था हो। निर्वाचित सदस्यका रूपमा कार्कीले सन् २०२५ देखि २०२७ सम्मको कार्यकाल पूरा गर्नेछन्।

images
images

उनी नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख हुन्। कार्कीको यो चयनले नेपालको स्थानीय सरकारको अन्तर्राष्ट्रिय तहमा उपस्थितिलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्