images
images

बाल शिक्षा माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक ।

बलेफी गाउँपालिका–७ स्थित बाल शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयका कक्षा ८, ९ र १० का १७७ जना विद्यार्थीहरूलाई विज्ञान विषयमा प्रयोग हुने सहयोगी सामग्री र अंग्रेजी निबन्ध लेखनका किताबहरू तथा प्राक्टिस बुकहरू वितरण गरिएको हो।

images
images

उक्त सामग्रीहरू बलेफी गाउँपालिका–७ का वडाध्यक्ष गृविन्द्र चौलागाईंको पहलमा वडा कार्यालयको आर्थिक सहयोगमा वितरण गरिएको हो । अघिल्ला वर्षहरूमा पनि वडाबाट क्यालकुलेटर र विद्यालय पोशाकलगायतका सामग्रीहरू विद्यार्थीहरुलाई उपलब्ध गराइएको थियो।

वडामा रहेका दुईवटा माध्यमिक विद्यालयका विद्यार्थीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्। वडाध्यक्ष चौलागाईंले अब कडाभित्र रहेको सरस्वती माध्यमिक विद्यालयमा पनि यस्तै सामग्री वितरण गरिने जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक बिमल पौडेलले उक्त सहयोगले विद्यार्थीको अध्ययनमा थप सहजता ल्याउने र विद्यालयको शैक्षिक उपलब्धिमा योगदान पुर्‍याउने बताए।

कार्यक्रममा वडा सचिव नवीन्द्र जैसी, बालमैत्री सहजकर्ता यशोदा नेपाल विद्यालयका शिक्षकहरू विद्यार्थी अभिभावकलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्