images
images

पूर्वमन्त्री बस्नेतको पहलमा बाह्रविसे नगरपालिकालाई दमकल प्राप्त

बाह्रविसे । सिन्धुपाल्चोक जिल्लाको बाराबिसे नगरपालिकाले बारुण यन्त्र दमकल प्राप्त गरेको छ। जापान सरकारको भोलेन्टर क्रस नेपालको समन्वयमा नगरपालिकाले प्राप्त गरेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा जापान सरकारले उक्त दमकल प्रदान गरेको उहाँले जानकारी दिए । सिन्धुपाल्चोकमा विकास प्रेमी नेताको रूपमा परिचित पूर्व मन्त्री बस्नेतले क्षेत्र नम्बर १ मा हुने आगलागीजन्य विपदका घटनामा दमकल बाहेक अन्य विकल्प नभएको महसुस गर्दै पहल पश्चात उक्त दमकल प्राप्त भएको मेयर बस्नेतले जानकारी दिए ।

images
images

आगलागी जन्य विपदको घटनामा आगलागी नियन्त्रणका लागि भरपर्दो माध्यमको रुपमा रहेको दमकल क्षेत्र नम्बर २ मा अत्यन्तै आवश्यक भएको र उक्त आवश्यकतालाई मध्यनजर गरी प्राप्त भएको दम्कल नगरपालिकाको मातहतमा सञ्चालन गरिने र आवश्यकता परेको खण्डमा क्षेत्र नम्बर एक भरिनै सञ्चालन गर्न सकिने अध्यक्ष भण्डारीको भनाइ छ। दमकल निकट भविष्यमै नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्