images
images

सानीपलाँतीमा क्षेमादेवी वार्षिक मेला तथा प्रथम बृहत सांस्कृतिक कार्यक्रम हुँदै

बाह्रविसे ।
क्षेमादेवी भगवती माताको वार्षिक मेला तथा प्रथम बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ हुने भएको छ ।

श्री क्षेमादेवी नमुना गुठी समूह परिवार, बाह्रबिसे–४ को आयोजनामा सानीपलाँती स्थित क्षेमादेवी मन्दिर प्राङ्गणमा कार्तिक १८ गते कार्यक्रम हुन लागेको हो ।

images
images

धार्मिक आस्था, सांस्कृतिक एकता र सामुदायिक समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विविध धार्मिक र सांस्कृतिक प्रस्तुति रहनेछ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, विशेष अतिथि प्रदेशसभा सदस्य मसिना भण्डारी (खड्का) तथा नगरपालिका प्रमुख बालकृष्ण बस्नेत रहनेछन्।

सांस्कृतिक कार्यक्रमलाई आकर्षक बनाउन ख्यातिप्राप्त कलाकारहरूको सहभागिता हुनेछ । कार्यक्रममा गायक नवराज घोरसैनी, धमेश दुलाल, विदुर घोरसैनी, दिनेश भण्डारी र विष्णु थापाका साथै गायिका आशा बि.सी., सपना रोक्का, मनिषा घोरसैनी र कविता दुलालले प्रस्तुति रहने कार्यक्रम गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी कार्यक्रम सञ्चालनको जिम्मेवारीमा रहनेछिन्।

आयोजक समूहका अनुसार, मेलाले क्षेमादेवी माताप्रतिको श्रद्धा अभिवृद्धि गर्दै स्थानीय संस्कृति, परम्परा र एकताको सन्देश प्रवर्द्धन गर्नेछ। कार्यक्रम साँझ ५:०० बजेबाट मन्दिर परिसरमा सुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्