images
images

मेलम्चीमा पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे सम्पन्न

मेलम्ची । नमुना युथ एकि्टभ ग्रुुपकाे आयोजनामा हिजो दिपावली साँझ तथा सास्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका उर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्ण कुमार तामाङ, पुर्व मन्त्री युवराज दुलाल, पूर्व मन्त्री निमा लामा, मेलम्ची नगरपालिकाकाे प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान, वडा अध्यक्षहरूकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रकाश तितुङ, आसमान लाेप्चन ,ओम वाईवा ,नेपाल आइडल विजेता गंगा साेनाम, भिमसेन खतिवडा, दिपेन्द्र साेनाम साथमा Verstile dance group काे प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा वरिष्ठ बाँसुरी बाधक नगेन्द्र राईको बाँसुरीकाे धुनले थप मनोरञ्जन भएकाे थियोे ।

images
images

साेहि कार्यक्रममा मुख्य मन्त्री बानियाँले नेपाल आइडल विजेता गंगा साेनामलाई दाेसल्ला सहित सम्मान पत्र प्रदान गरे। कार्यक्रम शिरबहादुर अभि तामाङकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमकाे सञ्चालन विपासना तमाङ ,तथा कलाकार याेगेश लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्