images
images

विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

मेलम्ची ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लि मेलम्ची र ग्याल्थुम शाखाले शिक्षा प्रोत्साहन कार्यक्रम अनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवार मध्ये २०८१ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मा. वि. तालामाराङमा सम्पन्न गरेको छ । ग्याल्थुम शाखा अन्तर्गत यलिजा खड्का र मेलम्ची शाखा अन्तर्गत सुदिष देउजालाई उक्त प्रोत्साहन वितरण गरिएको हो । दुवैजना तेर्से माध्यमिक विद्यालयबाट एसइइ मा सहभागी भइ उत्कृष्ट भएका हुन् ।

मेलम्ची भ्याली क्यामसका प्रमुख राजन प्रसाद लामिछानेको अध्यक्षता र तेर्से माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जीतबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका मेलम्ची शाखा प्रमुख सञ्जिता श्रेष्ठले संस्थाले लघुवित्त कार्यक्रम मार्फत समुदायमा बचत तथा आयआर्जनका साथै शिक्षा‚ स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको जानकारी दिए । कार्यक्रम सन्चालन मेलम्ची शाखाका कर्मचारी कुमार तामाङले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्