images
images

जेनजी आन्दोलनमा क्षति पुगेका भौतिक संरचन पुन निर्माण गर्न मेलम्चीका कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने

मेलम्ची ।

मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् ।

images
images

देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । यो योगदानले पुनर्निर्माण र राहतका कार्यलाई थप बल पु¥याउने मिश्रले विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि अर्थमन्त्रीको अध्यक्षतामा नेपाल सरकारले उक्त कोष स्थापना गरेको छ । गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य रहेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव सदस्य–सचिव रहने गरी समितिले आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्ययोजना तयार गर्ने, स्वीकृति दिने, कार्यक्रम सञ्चालन, अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्