images
images

सिन्धुपाल्चोकको पाँच किलोमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलो स्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा ३ जना नाबालकसहित २० जना घाइते भएका छन्।

रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मंगलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।

images
images

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडिचौर पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्