images
images

जेनजीको माग सकारात्मक छ, दमनको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ : नेता बस्नेत

बाह्रविसे ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।

images
images

कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ क्षेत्रीय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए।

जेनजीको माग सकारात्मक रहेको भन्दै उनले आन्दोलनका क्रममा विभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने बताए। बस्नेतले आन्दोलनका क्रममा आफ्नो घर जलाएर कुनै फरक नपर्ने उल्लेख गर्दै अब हिजोको भन्दा पनि अझ प्रभावकारी र सक्रियरूपमा आफ्नो कामलाई अघि बढाउने जिकिर गरे। उनले मुलुकको पछिल्लो अवस्थामा पनि कांग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्