images
images

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउपालिका- १ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् ।

सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिए।

images
images

उनका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् ।

उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका(२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए ।

सडकमाथि भिरबाट लेदो सहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४:४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ ।

जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्‍ने भन्‍दै खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्